सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली डायलासिसका लागि पुनः अस्पतालमा

शुक्रबार, १८ पुस २०७६, १५ : ४३
शुक्रबार, १८ पुस २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार अपरान्ह त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई मनमोहन लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

थापाका अनुसार नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटर फर्किनेछन् । १२ वर्षअघि मृगौला फेरेका प्रधानमन्त्री ओलीको पछिल्लो समय प्लाज्माथेरासिसले काम नगरेपछि नियमित हेमोडायलासिस गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप