सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम कस्तो रहला ?

शनिबार, १९ पुस २०७६, ०७ : ०९
शनिबार, १९ पुस २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । 

पूर्वानुमानमा पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबार पनि देशैभरीको मौसममा बदली हुने जनाएको छ । 

आज दिउँसो देशको मध्य क्षेत्रमा, पूर्वी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ । यसैगरी, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । साथै पहाडी क्षेत्रका केही स्थानमा भने पानी पर्ने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

राति भने देशको मध्य र पूर्वी भूभाग, पश्चिमी भूभाग र पश्चिमी तराईका भूभागमा मौसम सफा हुनेछ । 

यसैगरी, पूर्वी उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप