आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महाकालीको मल्टिस्पान झोलुङ्गे पुलको मर्मत

शनिबार, १९ पुस २०७६, १६ : ०३
शनिबार, १९ पुस २०७६

कञ्चनपुर ।  दक्षिण एशियाकै लामो मानिएको महाकाली नदीमाथिको मल्टिस्पान झोलुङ्गे पुलको मर्मतको गरिएको छ ।

भीमदत्त नगरपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारले खाम्पाचेर देवभूमि कन्सट्रक्सन डडेल्धुरालाई रु ५० लाखमा ठेक्का दिई जीर्ण झोलुङ्गे पुलको मर्मत कार्य पूरा गरिएको कन्स्ट्रक्शनका सञ्चालक डम्बरदत्त भट्टले बताए ।

उनका अनुसार पुलका २८८ वटा स्टिल डेक, ६० वटा आइबोल्ट र तारजाली फेरिएको छ । 

“पुलमा रहेका १२ वटा सेक्शनका नट बोल्ट फेर्नाका साथै सस्पेन्डरको मर्मत गरिएको छ । पुल जीर्ण बन्दै गएपछि ठाउँठाउँमा स्टिल डेकहरु टुटेका थिए । पुलमा लगाइएका नटबोल्ट खस्ँिकदा दुर्घटनाको सम्भावना बढ्दै गएको थियो ।

पुल मर्मत भएपछि सहज रुपमा आवतजावत गर्न सहज भएको चाँदनीका स्थानीयवासी रामबहादुर बुढाले बताए । 

मङसिर २१ गतेदेखि ठेकेदार कम्पनीले पुल मर्मतको कार्य शुरु गरेको थियो । डेढ दशकअघि निर्माण भएको पुल एक हजार ४५२ दशमलव ९९६ मिटर लम्बाइको रहेको छ । 

झोलुङे पुल सदरमुकाम भीमदत्तनगर ओहोरदोहोर गर्ने महाकाली नगरपालिकाका बासिन्दाको नदी पार गर्ने एकमात्रै माध्यम रहेको छ । हाल महाकाली नदीमा पक्की पुल निर्माणको कार्यसमेत शुरु गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप