सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्कुटरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

शनिबार, १९ पुस २०७६, १६ : १६
शनिबार, १९ पुस २०७६

भक्तपुर । स्कुटरको ठक्करबाट एक जना भारतीय नागरिको मृत्यु भएको छ । 

शनिबार भक्तपुर नगरपालिका वडा नम्बर १, सिर्जनानगरस्थित अरनीको राजमार्गमा भारतीय एन एल ०१ ए डी ५९१८ नम्बरको कन्टेनरका सहचालक जिल्ला फरकुवाबाद भारत बस्ने बर्ष  २५ नरेन्द्र पालको मृत्यु भएको हो । 

गाडी पछाडि हटाउनका लागि साईड माग्ने क्रममा सोही दिशाबाट आईरहेको बा ९२ प ३४०९ नं.को स्कुटीले सहचालक पाललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 

ठक्कर दिदा घाइते भएका सहचालकलाई उपचारका लागि डा.ईवामुरा मेमोरियल अस्पताल भक्तपुर ल्याइएकोमा उपचारकै उनको मृत्यु भएको हो । 

प्रहरीले स्कुटर चालक भक्तपुरको सूर्यविनायक नगरपालिाका ९ नलिनचोकका ३८ वर्षीय बसन्त देउजा र स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप