बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
शनिबार, १९ पुस २०७६, १७ : ०७
स्याङजा ।१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । चापाकोट नगरपालिका-७ बस्ने १९ वर्षीय मिलन गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चापाकोटबाट र प्रहरी चौकी साखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।