मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फरार प्रतिवादी बाइस वर्षपछि पक्राउ

आइतबार, २० पुस २०७६, २० : १८
आइतबार, २० पुस २०७६

रुपन्देही  । बाइस वर्षदेखि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

सवारी ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले फैसला सुनाएसँगै फरार रहेका स्याङ्जाको साविक दार्सिङ दहथुम गाविस हाल भीरकोट नगरपालिका वडा नं २ बस्ने ५९ वर्षीय टेकबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

उनका अनुसार अदालतले २०५४ साउन २२ गते एक वर्ष एघार महिना छ दिन कैद सजाय तोकेको थियो । 

पक्राउ प्रतिवादीलाई आज स्याङ्जा जिल्ला अदालतमा पेश गरी तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रवक्ता भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप