सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मनाङ र मच्छिन्द्रको बराबरी

सोमबार, २१ पुस २०७६, १७ : ५५
सोमबार, २१ पुस २०७६

काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको रोमाञ्चक खेलमा मनाङ र मच्छिन्द्रले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिगकै बलिया दुई प्रतिद्वन्द्वीको प्रतिस्पर्धात्मक भिडन्तमा सुरुवाती अग्रता मनाङले लिएको थियो । मनाङका लागि विदेशी खेलाडी फेमी जोसुवाले खेलको दोस्रो मिनेटमै गोल गरे । फेमीले अन्जन बिष्टको पासमा हेड गोल गरेका थिए ।

भुटानमा कुवेतसँग विश्वकप खेल्न जानुअघि डिस्को कान्डमा मुछिएका अन्जन ४५ दिनको प्रतिबन्ध र ५० हजार जरिवानाको कारबाही सकेर सोमबारदेखि मनाङको खेलमा फर्किएका हुन् । मच्छिन्द्रले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्काएको थियो । मच्छिन्द्रका लागि सुजल श्रेष्ठले ४७औं मिनेटमा गोल गरे ।

त्यसपछि मच्छिन्द्रले ८१ औं मिनेटमा अग्रता लियो । मच्छिन्द्रका विदेशी खेलाडी एडिलाजा सोमिडेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । मच्छिन्द्रको अग्रतापछि आक्रामक देखिएको मनाङले ८८ औं मिनेटमा बराबरी गोल फर्कायो । मनाङका लागि विमल रानाले बराबरी गोल गरे । विमलले रिवान्डमा गोल गरेका थिए । बराबरीसँगै पाँच खेलबाट ११ अंक बनाएको मनाङ शीर्ष स्थानमा यथावत छ । समान खेलबाट १० अंक बनाएको मच्छिन्द्र दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप