मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सागका स्वर्ण पदक विजेतालाई ५१ हजार नगद सहित सम्मान

मङ्गलबार, २२ पुस २०७६, १३ : ०९
मङ्गलबार, २२ पुस २०७६

सिरहा । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सिरहाबाट स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ ।  गोलबजार नगरपालिका १० धरमपुरका उसु खेलाडी १९ वर्षीय विजय सिंजालीलाई नगद ५१ हजार नगद सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । 

सिंजालीलाई गोलबजार नगरकाका मेयर देवनाथ साह, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी.ले सम्मान गरेका हुन् ।

नेपाल आर्मी क्लवबाट १३ औं सागमा सहभागी भएका सिंजालीले उसुतर्फ थाउलोको छानछ्वाङ् पुरुष विधामा स्वर्ण पदक जितेका थिए ।

यसअभि भारतको गुवाहाटीमा भएको १२ औं सागमा उसुमा रजत पदक जितेका सिंजालीले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियन खेलकूदमा पनि भाग लिएका थिए ।

पदक जितेपछि गृहनगरले सम्मान गर्दा अझ खेल्ने उर्जा मिलेको सिंजालीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप