बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विश्व साइकल यात्राको बहाना बनाई दक्षिण कोरियामा

बुधबार, ०७ भदौ २०७४, १२ : ४१
बुधबार, ०७ भदौ २०७४

काठमाडौं–विश्व साइकल यात्रीका रुपमा विश्व भ्रमण निस्केका एक युवक दक्षिण कोरियामा लुकेर बसिरहेको पाइएको छ । दुई बर्ष अघि कोरिया पुगेको ती युवा गत साता कार्यक्रमहरुमा देखिएपछि तथ्य खुलेको हो ।


विश्वमा शान्तिका लागि प्लेकार्ड सहित दुई बर्ष अघि दक्षिण कोरिया पुगेका दोलखाका दीपक खत्री कोरियामा बसिरहेको भेटिएको हो । बिश्वमा शान्तिको सन्देश फैलाउने र नेपाल चिनाउने अभियान सहित नेपालबाट निस्केका खत्रीले धेरै नेपालीसंग सहयोग जुटाएका थिए । 


गत साता नेपालीहरुले आयोजना गरेको तीज कार्यक्रममा उनी पुनः आर्थिक सहयोग जुटाउँदै हिँडेको भेटेपछि उनको असल नियत खुलेको कोरियामा रहेका नेपाली बताएका छन् । 


दुई बर्ष अघि सोलमा भेटेर आर्थिक तथा अन्य सहयोग गरेका थेजनमा कार्यरत एल बि श्रेष्ठले देशको नाम बेचेर गलत भइरहेके  बताए । यात्रीका रुपमा आफूलाई चिनाउने खत्रीले अन्य दुई जनालाई पनिसोहि माध्यमबाट कोरिया पु–याएको कोरियामा खुलेको छ । 


दुई बर्षअघि  नेपालीहरुले ब्यक्तिगत तथा संस्थागत तबरबाट खत्रीलाई आर्थिक सहयोग गरेका थिए । नेपाली सम्पर्क समिती दक्षिण कोरियाले गरेको कार्यक्रममा दश लाख वन सहयोग गरिएको धार्दिङका सन्तोष अधिकारीले बताए ।


दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले केहि दिन अघि जापानबाट कोरिया आएका दुई बिश्व यात्रीलाई भेटेको बताउँदै दिपक यात्रीका बारेमा  थप बुझ्ने बताए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप