सुनको मूल्य घट्यो
बिहीबार, २४ पुस २०७६, १२ : २३
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको हो । चाँदी भने बिहीबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ९२५ रुपैयाँमा कारोबार भएको थियो ।