आर्मी लिगको शीर्ष स्थानमा उक्लियो
बिहीबार, २४ पुस २०७६, १७ : २०
काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा बिहिबार भएको खेलमा आर्मीले सरस्वती युथ क्लबलाई १–० गोलले हरायो । आर्मीको जितमा जर्ज प्रिन्स कार्कीले नायक बने ।
जर्ज प्रिन्सले ३०औं मिनेटमा दिनेश हेम्जनको पासमा गरेको गोलनै आर्मीको जितमा प्रयाप्त बन्यो । आर्मीका विकास खवास म्यान अफ दी म्याच भए ।
उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै आर्मीले पाँच खेलबाट १२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको साविक विजेता मनाङ मस्र्याङ्दी क्बलको ११ अंक छ । लगातार पाँचौं हार खेपेको सरस्वतीले अंक जोड्न सकेको छैन ।