सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइएसएसका ३ जना आतंकवादी काठमाडौंबाट पक्राउ

बिहीबार, २४ पुस २०७६, २० : ०२
बिहीबार, २४ पुस २०७६

काठमाडौं । दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंकवादीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंकवादीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंकवादी नेपालबाट दिल्ली जादैछन्  भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौबाट पक्राउ गरेको स्रोतले बताएको छ ।

प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो । यसका साथै, दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना आतंकवादी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए । 

२०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी  धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल आएका थिए । 

उनीहरु नेपालमा १५र२० दिनको बसाईपछि दिल्लीमा रहेका साथीहरुलाई भेट्न जाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप