आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जटही र भिट्ठामोडमा विषादी परीक्षण प्रयोगशालाको आवश्यकता छ: अर्थमन्त्री खतिवडा

शनिबार, २६ पुस २०७६, २२ : ४२
शनिबार, २६ पुस २०७६

जनकपुर । अर्थमन्त्री डा.युवराज खतिवडाले व्यवसायिक समृद्धिका लागि जनकपुर क्षेत्र वरिपरिका सिमानाका तर्फ रहेको जटही र महोत्तरीको भिट्ठामोड नाकामा विषादी परिक्षण प्रयोगशाला र क्वारेन्टाईन स्थापनाको आवश्यकता रहेको बताएका छन् ।

शनिवार जनकपुर उद्योग वाणिज्य संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री डा.खतिवडाले जनकपुरधाम भविष्यमा व्यवसायिक भार बढ्न सक्ने भन्दै जनकपुरको राजश्व कार्यालयको दायरा बढाउन र भन्सार नाकाहरुमा गोदाम तथा कर्मचारी थप्ने कार्य चाँडै हुने बताए ।

व्यवसायीहरुले भीसीटीएसभित्र कारोबार गर्दा पनि राजश्व अनुसन्धान कार्यालय र प्रहरीले अनाहकमा दुःख दिने गरेको गुनासो आएपनि लिखित रुपमा प्रमाण सहित गुनासो नआउदा कारबाही हुन नसकेको उनले बताए । उनले लिखित रुपमा प्रमाणसहित गुनासा र जानकारी नआएसम्म दुःख दिने कर्मचारी र प्रशासनलाइ कारबाही गर्ने मन्त्री खतिवडाले प्रतिबद्धता जनाए ।

मन्त्री डा.खतिवडाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको जनकपुरधाममा पर्यटकले गर्दा आर्थिक वृद्धि हुने सम्भावना रहेकोले भारतीय गाडीको समयाअवधि बढाउन उचित कानूनी व्यवस्था गरी समयावधि सहज बनाउन प्रयासरत रहेको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले जटहि र भिट्ठामोड नाकालाइ देशकै तेश्रो ठुलो भन्सार नाकाको रुपमा घोषणा गर्न अर्थ मन्त्रालयसँग माग गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप