सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश ३ को नाम र राजधानीको टुङ्गो लगाउन मतदान प्रक्रिया सुरु

आइतबार, २७ पुस २०७६, ०९ : ५४
आइतबार, २७ पुस २०७६

काठमाडौँ । प्रदेश ३ को नाम र स्थायी राजधानी तोक्नका लागि मतदान प्रक्रिया सुरु भएको छ ।

प्रदेश ३, प्रदेशसभाले ‘स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को प्रस्तावअनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदैछ ।

प्रदेशसभामा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन केहीबेर अघि मतदान प्रक्रिया सुरु भएको हो ।

प्रदेशसभाको दुई तिहाई बहुमतले नाम र राजधानी टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ संसदीय दलको बैठकले प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौँडा कायम गर्ने समबन्धमा औपचारिक निर्णय गरिसकेको छ ।

प्रदेशसभामा कुल ११० सदस्य छन् । नाम र राजधानीको टुङ्गो लगाउन कुल सदस्यको दुई तिहाई अर्थात् कम्तीमा ७४ मत आवश्यक पर्दछ ।

प्रदेशसभामा नेकपाका ८० सांसद छन् । त्यसैले दुई तिहाई बहुमतका लागि सत्तारुढ दलकै सांसदको मत पर्याप्त हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप