सुनको मूल्यमा सामान्य वृद्धि
आइतबार, २७ पुस २०७६, १२ : ४८
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ७५ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा ७४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन आइतबार ७४ हजार ७०० मा कारोबार भएको छ ।
चाँदी भने तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ८८५ रुपैयाँमा कारोबार भएको थियो ।