भन्सार छली ल्याएका विभिन्न कम्पनीका ७५ थान मोबाईल बरामद
आइतबार, २७ पुस २०७६, १८ : ०८
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएका विभिन्न कम्पनीका ७५ थान मोबाईल बरामद गरेको छ ।
नागढुंगा चेक प्वाइन्टमा बीरगन्जबाट काठमाण्डौ आउदै गरेको ना.६ ख १५३४ नम्बरको यात्रु बाहक बसलाई चेकजांच गर्ने क्रममा बसमा सिटमुनि लुकाई ल्याएको अवस्थामा आइफोन मोबाईल ११ थान २, ओप्पो लेखिएको मोबाईल बिभिन्न मोडलको थान २२, भिभो लेखिएको मोबाईल थान ३६ , रेडिम लेखिएको बिभिन्न मोडलको मोबाईल थान १३ र सामसुङ लेखिएको मोबाईल थान २ समेत गरी जम्मा थान ७५, मोबाईलहरु बिल भर्पाई नभएको अवस्थामा बरामद गरीएको प्रहरीको भनाइ छ । ती मोबाइल आवश्यक अनुसन्धान लागि भन्सार कार्यालय सानो गौचरण पठाईएको छ ।