बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तपाइँको आजको दिन र भाग्यबारे जान्नुहोस् : आजको राशिफल

बिहीबार, ०८ भदौ २०७४, ०५ : २०
बिहीबार, ०८ भदौ २०७४

बि.स.२०७४ भाद्र ०८ गते । बिहिबार । ईश्वी सन् २०१७ अगष्ट २४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । तिथि तृतिया,३९ घडी २५ पला,रातको ७ बजेर २५ मिनेट उप्रान्त चतुर्थि । नक्षत्र उत्तरफाल्गुनि २५ घडी ५० पला,दिउँसो ३ बजेर ५९ मिनेट उप्रान्त हस्त । योग साध्य ५४ घडि ०५ पला । करण तैतिल, बिहान ०९ बजेर ३४ मिनेट उप्रान्त गर,रातको ०९ बजेर २५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा मातंग योग । चन्द्ररासि कन्या । हरितालिका तिज व्रत । महिलाहरुका लागि बिदा ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३९ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३१ मिनेट जादा । दिनमान ३२ घडी ११ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ ।  आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुँनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवार तथा सन्तानबाट  तपाईले गरेको काममा असहयोग हुँनाले काम थाति रहनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने बिभन्न अवसर आएपनि समय अभावले ति अवसरहरुलाई सदुपयोग गर्न सकिनेछैन । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ । व्यापारमा समय लगानि गरेपनि आम्दानि नहुँने हुँनाले दैनिक कामहरु प्रभावित हुँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय दिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुँनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा  लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न हुँनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरिएको लगानिबाट राम्रै प्रतिफल प्राप्त हुँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुँनेछ । अन्तराष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्रा हुँनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बडेपनि मन खुसि रहनेछ । 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुँनेछ । तरल पदार्थ जस्तै हाईड्रो, पानि जस्ता उद्योग ब्याबसायमा लगानि गर्दा उचित प्रतिफल पाईनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुँनेछ । बिद्यामा तपाईले गरेको मेहनेत खेर जाने छैन ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सांगितिक माहोलमा दिन दित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाई लेखाईमा भनजस्तो सफलता हुँने हुँदा मन प्रशन्न रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न नसकिने हुँनाले मान मर्यादामा कमि हुँनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ  । व्यापार व्यावसायमा सोचेजस्तै नाँफा कमाउँन अलि बढि मेहनेत गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाई अरुभन्दा कम नम्बर आउँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखिन सक्छ सजक रहनुहोला । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुँनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुँनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । लामो तथा रमाईलो यात्रा हुँनेहुँदा मन प्रशन्न हुँनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपाईले सोचेजस्ते राम्रो हुँनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् । 
ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप