सुनको मूल्यमा सामान्य गिरावट
सोमबार, २८ पुस २०७६, १२ : ४६
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि आइतबार सुन ७५ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७४ हजार ५०० रुपैयाँमा कारोबार भएका छ ।
यस्तै चाँदी सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि स्ुन सोही मूल्यमा कारोबार भएको थियो ।