बुद्धचित्त र रुद्राक्षको माला सहित पक्राउ
सोमबार, २८ पुस २०७६, १२ : ५९
मकवानपुर । मनहरी गाउँपालिका-७ मनहरीबाट बुद्ध चित्तको माला १ हजार ७ सय ७० थान, सोको दाना करिब २५ किलो र रुद्राक्षको माला १ सय ४४ थान सहित भारत बिहार बस्ने ३२ वर्षीय मुन्ना यादब लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भारततर्फ जाँदै लागेको बीआर०१ पीएच ४९४० नम्बरको जिप जाँच गर्ने क्रममा झोला र प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त सामान सहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।