सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसमः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मङ्गलबार, २९ पुस २०७६, ०८ : १६
मङ्गलबार, २९ पुस २०७६

नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव परेको छ । उक्त प्रणालीको कारण अहिले पश्चिमी क्षेत्रमा बदली भई सुदुर पश्चिमका उच्च पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपात भइरहेको छ ।

सोमबार रातिदेखि भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि पश्चिमी क्षेत्रहरुमा वर्षा र हिमपात सुरु भएको हो । 

उक्त वायुको प्रभाव मंगलबार पनि रहनेछ । देशका पश्चिमी भूभागमा सामान्य र पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैगरी, पश्चिमी भू–भागका केही स्थानमा हल्का वर्षा र पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
त्यस्तै, राति भने पश्चिमी भूभागमा सामान्य बदली हुने र अन्य भाग सफा हुनेछ । पश्चिमी  भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू(भागका थोरै  स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप