जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बुधबार, ०१ माघ २०७६, १२ : ३१
कैलाली । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका-१ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।