आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयरल्याण्डका प्रधानमन्त्रीद्वारा आमनिर्वाचन आह्वान

बुधबार, ०१ माघ २०७६, १५ : २२
बुधबार, ०१ माघ २०७६

एजेन्सी । आयरल्याण्डका प्रधानमन्त्री लिओ भाराद्कारले आमनिर्वाचन आह्वान गरेका छन् । आगामी फेब्रुअरी ८ मा उनले मंगलबार आमनिर्वाचन आह्वान गर्नुभएको समाचारमा जनाइएको छ । 

आयरल्याण्डको सरकारी सञ्चार कार्यालयद्धारा जारी वक्तव्यकाअनुसार प्रधानमन्त्री भाराद्कारले आमनिर्वाचन आह्वान गरिएको मितिका बारेमा मन्त्रीपरिषद्लाई पनि जानकारी गराईसकेका छन् ।  उनले निर्वाचन आह्वान गर्दै निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनका लागि तल्लो सदन विघटन गर्न राष्ट्रपति मिचेल डी हिग्गीन्ससँग पनि परामर्श गर्नुभएको वक्तव्यमा जनाइएको छ ।

दुवै जनाको परामर्शका आधारमा मंगरबार अवेर राष्ट्रपति हिग्गीन्सले संसद विघटन गर्ने घोषणामा हस्ताक्षर पनि गरेका छन् ।   ‘मैले सधै भन्दै आएको थिएँ, देशका लागि निर्वाचन गर्ने ठिक समय आएको छ, अहिले यो ठिक समयमा घोषणा भएको छ,’ भाराद्कारले वक्तव्यमा भनेका छन् ।

वक्तव्यमा उनले सरकारका प्रमुख उपलब्धिहरुको सारांश पनि समावेश गर्नुभएको समाचारमा जनाइएको छ । उनले थप धेरै काम गर्नका लागि आगामी निर्वाचनमार्फत् आफु फेरि प्रधानमन्त्रीमा निर्वाचन हुन चाहेको पनि उल्लेख गरेका छन् । –सिन्ह्वा/Photo: global.chinadaily.com.cn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप