माघी/मकर सङ्क्रान्तिका रोचक दृश्य : रेशम रिहाइको मागदेखि प्रचण्डको दानसम्म (फोटोफिचर)
काठमाडौँ । थारु समुदायको महत्त्वपूर्ण चाड ‘माघी’का अवसरमा सो समुदायले काठमाडौँको टुँडिखेलमा ‘माघी महोत्सव’ मनाएको छ ।
थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन् ।
विभिन्न जिल्लाबाट काठमाडौ उपत्यकामा आएर बसोबास गरेका थारु समुदायले माघी महोत्सवका अवसरमा बुधबार बिहान आआफ्ना भेषभुषा र संस्कृति झल्कने पहिरनसहित -याली निकालेका थिए ।
माघी महोत्सवमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका थिए । महोत्सवमा पुगेका अध्यक्ष प्रचण्डले आफ्नो पर्सबाट पैसा निकाल्दै दान गरे । त्यस्तै महोत्सवमा सहभागी थारु समुदायले रेशम चौधरीको रिहाइको माग समेत गरेका छन् ।
महोत्सवमा सहभागीहरुले ‘माननीय रेशम चौधरीको रिहाइ गर’ लेखिएका व्यानर प्रदर्शन गरेका थिए ।
त्यस्तै मगर समुदायले माघे सङ्क्रान्ति पर्व मनाएका छन् । माघे सक्रान्तिलाई मगर समुदायले राष्ट्रिय चाडका रुपमा मनाउने गरको छ ।
माघे सक्रान्ति महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी मन्त्री विना मगर टुँडिखेलल पुगेकी थिइन् ।