अवैध लागूऔषध सहित पक्राउ
बुधबार, ०१ माघ २०७६, १६ : ३२
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट धादिङ सेराङ गाउँपालिका-१ बस्ने २१ वर्षीय देवराज लामा अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।
उनकाे साथबाट २ सय ५३ ग्राम गाँजा र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बस जाँच गर्ने क्रममा लामालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।