बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रशासनको अनुमति

बिहीबार, ०२ माघ २०७६, १२ : २३
बिहीबार, ०२ माघ २०७६

काठमाडौँ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ । प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा अभद्र व्यवहारको उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो । 
गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । प्रशासनको अनुमतिलगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ । 

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए । 

लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।  (यसअघि जिल्ला अदालत भक्तपुरबाट पक्राउ पुर्जी जारी भएको भन्ने समाचारलाई सच्च्याइएको छ ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप