आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पनौतीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिहीबार, ०२ माघ २०७६, १९ : ३४
बिहीबार, ०२ माघ २०७६

काभ्रे । पनौती नगरपालिका–५ ढलमलेस्थित मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–५ का ५० वर्षीय रामहरि देउजा रहेका छन् ।

पनौतीबाट बनेपातर्फ आउँदै गरेको  प्रदेश ३–०२–०१ प ०४७७ नम्बरको मोटरसाइकलले बुधबार राति ठक्कर दिँदा  गम्भीर घाइते भएका देउजाको उपचारका क्रममा नागरिक अस्पताल भक्तपुरमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

मोटरसाइकल चालक रोशी गाउँपालिका–१० का जगतमान थिङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारवाहीको प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप