कालिञ्चोकको काखमा साँझ बत्ती झुल्किएसँगै जब हिमबर्षा भयो...(फोटोफिचर)
शुक्रबार, ०३ माघ २०७६, १९ : ४५
दोलखा । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक र त्यस वरिपरि भीषण हिमपात भएको छ । शुक्रबार बिहानदेखि सो क्षेत्रमा वर्षा र हिमपात भएपछि हिउँ खेल्ने पर्यटकहरुले कालिञ्चोको कुरी बजार र दोलखा सदरमुकाम चरिकोटका होटलहरु भरिएका छन् ।
शुक्रबार साँझ कालिञ्चोकको काख कुरी बजारमा हिमपात भैरहँदा र त्यहाँ देखिएको बिजुली बत्तीको उज्यालोले दृष्य निकै सुन्दर देखिएको थियो । तस्बिरः चन्दकुमार लामाको फेसबुकबाट