प्रधानमन्त्रीसँग जापानी उपमन्त्रीको भेट
शुक्रबार, ०३ माघ २०७६, २२ : १६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिस्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।