छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं । उदयपुर र सिरहाको विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-१ स्थित सडकमा बेल्टारबाट बंशिलाघाटतर्फ जाँदै गरेको स.१ ह ३२३७ नम्बरको ट्याम्पो अनियन्त्रीत भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका बंशिलाघाट बस्ने खोटाङ जन्तेढुङ्गा गाउँपालिका-१ घर भएका ४० वर्षीय गणेश खड्काको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।
सिरहाको गोलबजार नगरपालिका-७ पुरानो चोहर्वास्थित सडकमा स.१ त ६५६० नम्बरको ट्याक्टर अन्यिन्त्रित भई शनिबार दिउँसो दर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टरको ट्रलीमा सवार लहान नगरपालिका-१३ बस्ने २३ वर्षीय सन्तोष कुमार यादव र हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय किशोरको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घटइते भएका ट्याक्टरमा सवार अन्य ५ जनाको सगरमाथा अस्पताल पुरानो चोहर्वा गोलबजारमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।