सुनको मूल्यमा सामान्य वृद्धि, सुनको स्थिर
आइतबार, ०५ माघ २०७६, १२ : १९
काठमाडौँ। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ७४ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७५ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी आइतबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।