नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
आइतबार, ०५ माघ २०७६, १७ : १९
काठमाडौँ । प्रतिनिधिसभाको सभामुखको विषयमा पार्टीको तर्फबाट औपचारिक निर्णय लिन नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
यसअघि नेता अग्नि सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच लगभग सहमति भएकोमा सचिवालय बैठकले औपचारिक निर्णय गर्न लागेको हो ।
तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ भने सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको बताइएको छ ।