विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्कियो
सोमबार, ०६ माघ २०७६, १० : ३७
सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ ।
विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ ।
ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ ।
यता, विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो ।