समाज स्किन अस्पताल बानेश्वरमा
सोमबार, ०६ माघ २०७६, १३ : ०१
काठमाडौं । समाज बिजनेस अफ ग्रुपले राजधानीको नयाँ बानेश्वरमा समाज स्किन एव लेजर अस्पताल सञ्चालनमा ल्याएको छ ।
यसअघि दन्त सेवा प्रदान गर्दै आएको समाजले अब दन्त सेवासंगै छालासम्बन्धी रोगको उपचारपनि एउटै छानाबाट दिने उद्देश्यदे अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख शंकु घिमिरेले जानकारी दिए ।
छाला तथा सुन्दरतासँग सम्बन्धित समस्याको सहज र सरल उपचार खोज्नेहरुका अस्पताल उपयुक्त गन्तव्य हुने घिमिरिले दावी गरे ।
अस्पतालको उद्घाटन गर्दै वरिष्ठ छाला तथा यौन रोग विज्ञ डा दिनेश बिनोद पोखरेलले समाज स्किन हस्पिटल छालाका समस्या भएकाहरुको सहयोगी विश्वास व्यक्त गरे ।