आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकले इन्फ्रासफ्ट टेक्नोलोजी भारत र एम्नील टेक्नोलोजीसँग मिलेर एएमएल/सीएफटी सोलुसन खरिद गर्ने

बुधबार, ०८ माघ २०७६, १२ : २१
बुधबार, ०८ माघ २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड, इन्फ्रासफ्ट टेक्नोलोजी भारत र एम्नील टेक्नोलोजी नेपालका बीच इन्ड टु इन्ड एएमएल (एन्टी मनि लन्ड्रिङ)/सीएफटी (कम्व्याटिङ टेरोरिस्ट फाइनान्सिङ)सोलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता भएकोे छ । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा र एम्नील टेक्नोलोजिका प्रमुख कार्यकारी अधिकृत अमित जोशीबीच हस्ताक्षर भएको छ । 

सो सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्नील टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको भ्लम तय इन्ड टु इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र इन्ड टु इन्ड एएमएल (एन्टी मनि लन्ड्रिङ)/सीएफटी (कम्व्याटिङ टेरोरिस्ट फाइनान्सिङ)सोलुसन कार्यान्वयनमा ल्याउने छ ।

त्यसपश्चात सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु (जस्तैः फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ), एशियन प्यासिफिक ग्रुप अन मनि लन्ड्रिङ (एपीजी) आदिले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्घीकरण तथा आतंंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । 

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरश पालना गर्दै आएको जनाएको छ ।

नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्दै बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको छ । जसअन्तर्गत हस्ताक्षर गर्नको लागि सिग्नेचर प्याड, ल्याप्चे क्याप्चर गर्नको लागि वायोमेट्रिक डिभाइस र फोटो खिच्नको लागि क्यामेरा जडान सहितको सुविधा उपलब्ध रहेको छ ।

यस प्रविधि मार्फत ग्राहक  अनवोर्डिङ गर्दा हाल कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको एएपएल/सीएफटी र केवाइसी व्यवस्थापन कार्यलाई थप टेवा पु¥याउने बैंकले विश्वास लिएको छ । साथै निकट भविष्यमै यस बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको रहेको छ ।

नियमनकारी निकायले तोकको व्यबस्था अनुसार सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभ साइटमा रहेको ई–केवाइसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था यस बैंकले गरेको छ । साथै, ग्राहकहरुलाई यस बैंकको वेभ साइटमा रहेको ई–केवाइसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न पनि बैंकले यसै विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप