आज कति छ सुनचाँदीको मूल्य ?
बिहीबार, ०९ माघ २०७६, १२ : २०
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
बुधबार तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी भने बुधबारको तुलनामा बिहीबार रु ५ बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।