प्रदेश ५ राष्ट्रियसभा निर्वाचनमा सबै नेकपाका उम्मेदवार विजयी
बिहीबार, ०९ माघ २०७६, १८ : ५७
बुटवल । प्रदेश ५ मा भएको राष्ट्रियसभा निर्वाचनमा सबै पद नेकपाले जितेको छ । महिला सदस्यमा नेकपाकी उम्मेद्वार विमला घिमिरे विजयी भएकी छन् । घिमिरे ५७७८ मतभार सहित विजयी भएकी छन् । त्यसैगरि अन्य सदस्यतर्फ नेकपाका गोपाल भट्टराई विजयी भएका छन् । भट्टराईले ५ हजार ३ सय ८२ मतभार प्राप्त गरेका छन् ।
यसैबीच प्रदेश नं. ५ को अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट उम्मेद्वार बनेका जगप्रसाद शर्मा विजयी भएका छन् । शर्माले ५ हजार ४ सय २४ मत ल्याएर विजयी भएका हुन । उनी नेकपा तर्फका उम्मेद्ववार हुन । दाङ निवासी शर्मा यसभन्दा अगाडी प्रदेश सभामा पराजित भएका थिए ।