आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् राष्ट्रियसभा निर्वाचनमा विजयी १८ सांसद

बिहीबार, ०९ माघ २०७६, २१ : १६
बिहीबार, ०९ माघ २०७६

काठमाडौं – बिहीबार भएको राष्ट्रियसभा सदस्यको  निर्वाचनबाट १८ जना सांसद चुनिएका छन्। राष्ट्रियसभा निर्वाचनमा प्रदेश दुईमा नेकपा– राजपा र काँग्रेस समाजवादीबीच तालमेल भएको थियो । भने अन्य प्रदेशमा विशेषत नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा भएको थियो । सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये  ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय तहका १ हजार ५ सय ६ जनामध्ये १ हजार ४ सय ९५ जनाले मतदान गरेका छन्। जसबाट सत्तारुढ दलका १६ र प्रतिपक्षी राजपाका दुई जना विजयी भएका छन् । 

यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने आज भएको राष्ट्रियसभा सदस्यकाको निर्वाचनमा यसअघि जितेका ७ र समाजवादीले १ सिट गुमाएको छ।  यता नेकपाले भने राष्ट्रिय सभामा पहिलोको भन्दा ८ सिट बढोत्तरी गरेको छ। योसँगै नेकपाले राष्ट्रियसभा दुई तिहाइ बढी संख्या प्राप्त गरेको छ ।

गोलाप्रथाबाट दुईवर्षे कार्यकाल परेका कारण राष्ट्रिय सभाका १९ जना सांसद फागुनमा समय अवधि सकिँदैछ । नयाँ निर्वाचित सांसदहरुले फागुन २१ देखि मात्र जिम्मेवारी पाउनेछन्। ५९ सदस्यीय राष्ट्रिय सभामा अब नेकपा ४७, काँग्रेस ६, राजपा २, समाजवादी १ र मनोनीत ३ जाने हुने छन् । 


राष्ट्रि सभा सदस्यमा विजयीहरु
प्रदेश १ बाट
गोपी अछामी (नेकपा)

इन्दिरा गौतम (नेकपा)

देवेन्द्र दाहाल (नेकपा)

प्रदेश २बाट

राधेश्याम पासवान (नेकपा)

तुलसा दाहाल (नेकपा)

मृगेन्द्र यादव (राजपा)

शेखरकुमार सिंह (राजपा)

बागमती प्रदेशबाट

गंगा बेलवासे (नेकपा)

वेदुराम भुसाल (नेकपा)

गण्डकी प्रदेशबाट

नारायणकाजी श्रेष्ठ (नेकपा)

भगवती न्यौपाने (नेकपा)

प्रदेश ५ बाट

विमला घिमिरे (नेकपा) 

जगप्रसाद शर्मा (नेकपा)

गोपाल भट्टराई (नेकपा)

कर्णालाी प्रदेशबाट

माया प्रसाद शर्मा (नेकपा)

सुमित्रा बिसी (नेकपा)

सुदूरपश्चिम प्रदेशबाट

तारामान स्वाँर (नेकपा)
शारदा भट्ट (नेकपा)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप