जलेर किशोरीको मृत्यु
शुक्रबार, १० माघ २०७६, १२ : ४१
सिरहा । सिरहामा आगोमा जलेर बिहीवार राति एक किशोरीको मृत्यु भएको छ।
कर्जनहा नगरपालिका ४ बसतिपुर बजारकी १५ वर्षीय चुन्चुन भनिने सलोनी नायकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार राती आमा आशा नायक र छोरी सलोनी दुइतले घरमा सुतिरहेको बेला अचानक घरको बिजुली सर्ट भइ आगलागी हुन पुगेको थियो । आमा बाँच्न सफल भएपनि छोरीको भने ज्यान गएको प्रहरीको भनाइ छ ।
मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा लगिएको छ ।