नेपाल आयल निगमले खुलायो विभिन्न २२ पदमा जागिर
शुक्रबार, १० माघ २०७६, २३ : १५
काठमाडौँ । नेपाल आयल निगमले विभिन्न २२ पदमा कर्मचारी माग गरेको छ ।
निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।