बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघद्वारा दुई हजार छ सय बाढीपीडितहरुलाई राहत वितरण

शुक्रबार, ०९ भदौ २०७४, १२ : ४६
शुक्रबार, ०९ भदौ २०७४

काठमाडौँ । गैर आवासीय नेपाली संघले सप्तरीमा बाढीपीडितहरुलाई राहत वितरण जारी रहेको जनाएको छ । संघले हालसम्म दुई हजार छ सय घरधुरीलाई राहत वितरण गरिसकेको जनाएको छ । 

संघले शुक्रबार सप्तरीको कोबसाईमा राहत बितरण गरिरहेको जानकारी गराएको छ । कोबसाइका बाढी प्रभावित आठ सय ५० घरपरिवारलाई राहत वितरण गरिने संघका अध्यक्षका पिए शुरेश चित्रकारले जानकारी गराए । 

मंगलबारदेखि शुरु गरिएको राहत बितरण शनिबार सकिने चित्रकारले जानकारी गराए । चार हजार थप परिवारलाई राहत बितरण गरिने संघले जानकारी गराएको छ । सरकारसंगको समन्वयमा संघले राहत बितरण गरिरहेको छ । 

एनआरएनको टोलीद्धारा  सप्तरीमा  सर्वाधिक प्रभावित तिलाठीमा बिहिबार राहत बितरण गरिएको थियो । राहत टोलीले मंगलबार बोदेबर्साइ र  तिरहुतमा राहत बितरण गरेको थियो ।  संघले प्रतिपरिवार २५ किलो चामल  एउटा त्रिपाल, झुल, दुई किलो दाल, नुन, चिनी र तिन लिटर तेल प्रभावितलाई  बितरण गरेको छ । 

श्रावणको अन्त्यतिर आएको भारी बर्षाका पिडितहरुलाई तत्काल राहत बितरण गर्न संघले आपतकालिन राहत कोष स्थापना गरेको थियो । कोषमा  दुई करोड रुपयां  संकलन गर्ने संघको लक्ष्य थियो । एक करोड  रुपयां  भन्दा बढिको राहत सामाग्री प्याकेज बितरण गरिसकिएको चित्रकारले जानकारी गराए । 

राहत बितरणका लागि संघका अध्यक्ष शेष घले, उनकी पत्नी साथै उपाध्यक्ष कुमार पन्त प्रभावित क्षेत्रमा खटिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप