फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
आइतबार, १२ माघ २०७६, १२ : २४
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आइतबार चाँदीको पनि मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार चाँदीको मूल्य शुक्रबारको तुलनामा रु १० बढेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।