सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘स्प्लिटस्भिल्ला’ सोमा गएकै माया खोज्न हो : ईशा खड्का

शुक्रबार, ०९ भदौ २०७४, १२ : ५३
शुक्रबार, ०९ भदौ २०७४

ईशा खड्का चौधरी पेसाले मोडल हुन् । तर उनी अहिले भारतीय टेलिभिजन च्यानल एमटीभीबाट प्रसारण हुँदै डेटिङ रोमान्टिक एवं मनोरञ्जनात्मक रियालिटी सो ‘स्प्लिटस्भिल्ला सिजन १०’का कारणले चर्चित छिन् । विभिन्न मुलुकबाट सहभागी सयौँ प्रतियोगीलाई उछिन्दै उनी उत्कृष्ट १५ मा पर्नसमेत सफल भएकी छिन् । अभिनेत्री सन्नी लियोन र रणविजयले सञ्चालन गर्दै आएको यो रियालिटी सो निकै लोकप्रिय छ । ललितपुर भैंसेपाटी निवासी ईशाले नेपालका विभिन्न फेसन सोमा क्याटवाक समेत गरेकी छन् । भारतको नयाँदिल्लीबाट आमसञ्चारमा डिप्लोमा गरेकी उनी केही समयदेखि मुम्बईमा अभिनय सिकिरहेकी थिइन् । रियालटी सोबाट चर्चा पाएकी उनी चाँडै नेपाली चलचित्रमा अभिनय गर्ने तयारीमा छिन् । आफूसँग अहिले तीन चलचित्रको अफर रहेको उनले बताइन् । डेटिङ रियालटी सोकी प्रतियोगी भएका कारणले आफूलाई अहिले सयौंले विवाह एवं प्रेमका अफर आउने गरेको बताउने ईशासँग रातोपाटीका दश प्रश्न । 

डेटिङ रियालिटी सो ‘स्प्लिटस्भिल्ला’को बारेमा कसरी थाहा पाउनु भयो ?
– म सहभागी भएको ‘स्प्लिटस्भिल्ला’सो दसौ सिजन हो । दश वर्ष अगाडि सुरु भएको यो सो सिजन टुदेखि नै म हेर्दाै आएकी छु । सोको म फ्यान पनि हुँ । बच्चादेखि नै कुनै दिन यो सोमा जान्छु, भन्ने मेरो उदेश्य थियो । स्कुलमा साथीहरुको डक्टर, इन्जिनियर बन्ने उद्देश्य थियो । मेरो चाहिँ सोमा गएर माया खोज्ने थियो ।

तपाईं डेटिङ रियालटी सोकी प्रतियोगी, वास्तविक जीवनमा कतिको रोमान्टिक हुनुहन्छ ?
– म अहिले २० वर्षकी भएँ । रोमान्टिक नभएको भए डेटिङ रियालटी सोमा जाने नै थिइनँ । मलाई केटाहरूसँग रोमान्स गर्न मनपर्छ । मलाई ठूला प्रपोजल, पैसा, लुक्सभन्दा पनि मेरो मान्छे रोमान्टिक, स्पार्क अनि म्याजिक होस् जस्तो लाग्छ ।

सौन्दर्यप्रति कतिको सजक हुनुहुन्छ ?
–सौन्दर्यप्रति मेरो धेरै इन्टे«स छ । तर आफैलाई मेकअप गर्न आउँदैन । अरूलाई गर्न लगाउने हो । मेकअफ सामग्रीमा म ब्रान्ड कन्सेस छु । मेकअफ भनेको स्क्रिनलाई डाइरेट टच गर्ने विषय हो । त्यसैले ब्रान्डेड सामान मात्र प्रयोग गर्छु ।
 
फेसनप्रति कतिको इन्टे«स्ट छ ?
– फेसनप्रति इन्टे«स छ । के कस्ता फेसन चलिरहेको छ । के कस्ता आउँदैछन् । कुन पुरानो भयो । सबैको जानकारी लिने गर्छु । तर फलो गर्दिनँ । जे कम्फर्टेवल लाग्छ । जे सुहाएको जस्तो लाग्छ । आफूलाई त्यो ड्रेस मात्र लगाउन मनपर्छ । मैले बढी प्रयोग गर्ने ड्रेस वान पिस नै हो ।  

नेपाली चलचित्र हेर्नुहुन्छ, पछिल्लो समय कुन हेर्नुभयो ?
– फुर्सद भयो भने हेर्छु । पछिल्लो समय हेरेको चलचित्र ‘ड्रिम्स’ र ‘चपली हाइट २’ हो । चलचित्र ‘लुट’ भने मलाई धेरै मनपर्यो ।

नेपाली हिरो को मनपर्छ ?
– अनमोल केसी धेरै मनपर्छ । चलचित्रमा पनि उनैसँग रोमान्स गर्ने मन छ । उनीपछि सौगात मल्ल मनपर्छ ।

फुर्सदको समय के गर्नुहुन्छ ? 
– नोबल अध्यायन गर्छु । मलाई बन्जिजम्प, र्याफ्टिङ जान पनि मनपर्छ । म एकदमै फुडी पनि छु । घरबाट बाहिर निस्किएर राम्रा राम्रा रेस्टुरेन्ट गएर चिकेन आइटम खान मनपर्छ । 

प्रेम परेको छ कि छैन ?
कसको छैन होला र ? म बलिउडको ‘स्प्लिटस्भिल्ला’ सोमा गएकै माया खोज्न, हटहट केटा भेट्न हो । मैले मेरो माया भेट्टाएको छु । यो सोमा दश केटा थिए । ती मध्य तीन चार जना भन्दा अरू हट लागेनन् ।

पहिलो प्रेम अफर कहिले आयो र कसले दियो ?
– कक्षा सातमा पढ्दा । आफूभन्दा दुई ब्याच सिनियर एक केटाले प्रेम अफर दिए । उनी हाफ अमेरिकन र हाफी इन्डियन थिए । उनले सुगर फ्री डेलिमिल्क, अर्काे चकलेट, गुलाफ फुलको साथमा लेटरले प्रेम प्रपोज गरे । उक्त प्रपोजलाई एस भन्दै किस गरेर स्वीकारेँ ।

ड्रिम ब्वाइको कल्पना पनि गर्नु भएको होला नि ?
– गुड लुकिङ, पर्सनालिटी, सेन्सअफ ह्युमर हुनुपर्यो । म रोमान्टिक केटी हुँ । रोमान्टिक पनि हुनुपर्यो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप