मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लामखुट्टेबाट जोगाउने एलजीको नयाँ टेलिभिजन

शुक्रबार, ०९ भदौ २०७४, १३ : २६
शुक्रबार, ०९ भदौ २०७४

काठमाडौं । एलजीले बजारमा लामखुट्टेबाट जोगिन टीभीएस टेलिभिजनको नयाँ माध्यम ल्याएको छ । लामखुट्टे रहित टेलिभिजनमा ध्वनी सम्बन्धिका उपकरण जडित भएको र  चालु हुना साथ लामखुट्टेको महसुस गर्ने शक्तिलाई अशक्त बनाउँने जनाइएको छ । 

लामखुट्टे रहित यन्त्र जडित टेलिभिजनले परिवारलाई लामखुट्टेबाट जोगाउने र अरु लामखुट्टे रहित साधनको हानिकारक रसायनहरुबाट पनि बचाउने जनाइएको छ । ध्वनी तरङ्गले कुनैपनि विकरण उत्पादन नगर्ने भएकाले योे हानिकारक नभएकोे कम्पनीले जनाएको छ । 

उक्त ध्वनि नसुनिने, नदेखिने र गन्धहिन हुनुका साथै मानवसँग मिलनसार रहेको जनाइएकोे छ । बैश्विक संस्थाहरुको मापदण्ड बमोझिम पूर्णरुपले सुरक्षित रहेको यो टेलिभिजनलाई स्ट्यान्ड बाइ मोडमा राख्न पनि सकिने र जनाइएको छ । यस आश्चर्यचकित गुणका साथै सर्वश्रेष्ठ गुणस्तरीय चित्रका लागि एचडी १०८० पी (४३ इन्च), आइपीएस सूचीपत्र र एक्स डी साधन सहित डोल्बाई डिजिटल भएका शक्तिशाली ध्वनी र पातलो काँचको धारजस्तो धातुयुक्त बनोट पनि रहेको जनाइएको छ । 

एलजी टेलिभिजनले गिलोपना, धुलो, चट्याङ र लहरबाट सुरक्षा दिने भएकोले यसले सर्वश्रेष्ठ सुरक्षा दिने कम्पनीको भनाइ छ । टेलिभिजनमा स्मार्ट व्रिmकेट एप खेल र अरु थुपै खेल छन्  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप