मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एप्पल आइफोन एट सार्वजनिक हुने मिति लिक

शुक्रबार, ०९ भदौ २०७४, १३ : ३६
शुक्रबार, ०९ भदौ २०७४

सामसङको ग्यालेक्सी नोट एट लञ्च भएपछि ग्याजेटका शौकिनहरुको नजर आइफोन एटमा अडिएको छ । एप्पलले आफ्नो उत्त, फोनलाई वर्षको अन्त्यसम्म लञ्च गर्ने आशा गरिएको छ । यद्यपी, यसैबिच एक वेबसाइटले आइफोन एट लञ्च हुने मितिबारे खुलासा गरेको छ ।

वेबसाइटका अनुसार एप्पल आफ्नो फोन आइफोन सेभेन एस, सेभेन एस प्लस र आइफोन एटलाई सेप्टेम्बर १२ तारिखमा लञ्च गर्ने भएको छ । उक्त वेबसाइट अनुसार लञ्च भएको एक वा डेढ हप्तापछि मात्र यसको विक्रि सुरु हुनेछ । योभन्दा अघि पनि एप्पलले यस्तो प्रकारको प्रक्रिया अपनाउँदै आएको छ जसमा फोन मंगलबार वा बुधबार लञ्च गरिन्छ भने बिक्रि शुक्रबारबाट सुरु हुन्छ ।

यद्यपी, यसबारे आधिकारिक पुष्टि भएको छैन तर रिपोर्टले जानकारी पक्का भएको दाबी गरेको छ । साथै, उक्त दिन  iOS 11, macOS हाई सिएरा वाच OS 4, tvOS11 पनि सार्वजनिक हुने अनुमान गरिएको छ । स्मरण रहोस्, आइफोन एटमा फेस सेन्सर लक र इन्डक्टिव चार्जिङजस्ता धमाकेदार विशेषता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप