सुन तोलामा ७६ हजार रुपैयाँमा कारोबार
मङ्गलबार, १४ माघ २०७६, १३ : ०३
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको तोलामा ७६ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी सोमबार तोलामा ९०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएकोमा मंगलबार रु ५ घटेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।