विप्लव समूहका २ नेता अदालतको गेटबाटै पक्राउ
मङ्गलबार, १४ माघ २०७६, २१ : ५४
बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले प्रतिबन्धित नेकपा (विप्लव समूह)का २ नेतालाई अदालतको गेटबाटै पक्राउ गरेको छ ।
प्रहरी टोलीले उच्च अदालत बुटवल इजालसको गेट बाटै बालकृष्ण शर्मा र प्रदीप बहादुर वलीलाई पक्राउ गरेको हो ।
अदलतले शर्मा र वलीलाई रिहाको आदेश दिएपनि प्रहरीले अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो ।
यसअघि पनि जिल्ला अदालत दाङले धरौटीमा रिहा गर्दा तत्कालै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका शर्मा र वलीलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएयता प्रहरीले धरपकड तीव्र पार्दै आएको छ ।