सलमानसँग सेल्फी लिन उत्साहित थिए प्रशंसक, रिसाएका खानले हातबाटै खोसे फोन (भिडियो)
बुधबार, १५ माघ २०७६, १० : ०९
सलमान खान एक पटक पुनः आफ्ना प्रशंसकसँग रिसाएका छन् । मंगलबार उनी फिल्म ‘राधे’ को सुटिङका लागि गोवा पुगेका थिए । जहाँ उनलाई हेर्नका लागि सयौं प्रशंसक एयरपोर्टमा उभिएका थिए । यतिबेला उनका एक प्रशंसकले जब मोबाइलबाट उनीसँग सेल्फी लिने कोसिस गरे तब सलमानले रिसाएर उनको हातबाट मोबाइल खोसे र एयरपोर्टबाट बाहिरिए ।
सुुरक्षाकर्मीले धकेलेः
सलमान खानले प्रशंसकको फोन खोसेको यो पहिलो घटना होइन । यसअघि पनि उनले थुप्रै पटक प्रशंसकमाथि रिस पोख्दै कतिको फोन खोसेका छन् भने कतिको फोन फ्याँकिदिएका पनि छन् । सलमानले ती व्यक्तिको फोन खोसेपछि उनको पछिपछि दौडिरहेका उनलाई सुरक्षाकर्मीले पनि धकेलेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।