मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जहाँबाट सुरु भयो कोरोनाको कहर

शुक्रबार, १७ माघ २०७६, ०९ : ५४
शुक्रबार, १७ माघ २०७६

वुहान शहरको नाम भलै चीनको बेइजिङ वा संघाई जस्ता शहरहरुको सूचीमा लिइँदैन । तर, विश्वमानचित्रमा यसको आफ्नै पहिचान छ ।

यो त्यही ठाउँ हो जहाँबाट कोरोना भाइरसको शुरुवात भएको हो । वास्तवमा यो एउटा महानगर हो, जुन विश्वको हरेक हिस्सासँग जोडिएको छ ।

वुहानको जनसङ्ख्यालाई लिएर फरक–फरक आँकडा रहेको छ । त्यही भएर यसबारे धारणा बनाउन अलि कठिन हुन्छ । सरकारी आँकडालाई मान्ने हो भने वुहानको जनसङ्ख्या करीब एक करोड १० लाख रहेको छ । यद्यपि, सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार यस शहरमा ८९ लाख मानिस बसोबास गर्छन् ।

लण्डनको बराबर

जनसङ्ख्या आकार जत्रो भए पनि यो शहर लन्डन शहरको बराबर रहेको छ भने वासिङ्टन डिसीभन्दा कयौँ गुणा ठूलो छ । एक अनुमानका अनुसार वुहान विश्वको ४२ औँ ठूलो र चीनको सातौँ ठूलो शहर हो ।

वुहानको आकार र यसको आर्थिक महत्त्वबाट यो अनुमान लगाउन सकिन्छ कि आखिर यो शहरबाट निक्लेको भाइरस यस्तो तीव्र गतिमा एसियाभर कसरी फैलिरहेको छ । यहाँसम्म अमेरिका पनि यसबाट अछुतो रहन सकेन ।

कोरोनाभाइरस यति तीव्र गतिमा यसकारण फैलियो किनभने विश्वभरबाट ठूलो सङ्ख्यामा मानिसहरु यो शहरमा आए र यहाँबाट कोरोनाभाइरसको संक्रमण लिएर फर्किए ।

ठूलो औद्योगिक केन्द्र

वुहान अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१६ मा २ करोड यात्रीहरुले आवतजावत गरेका थिए । यहाँबाट लन्डन, पेरिस, दुबई र विश्वका अधिकांश ठूला शहरहरुका लागि सीधा उडान सेवा लिन सकिन्छ ।

याङ्ग्त्जी नदीको किनारमा बसेको यो शहरमा हाइटेक उत्पादनदेखि पारम्परिक वस्तुहरुको निर्माण हुन्छ । यहाँ कयौँ औद्योगिक क्षेत्र छन् भने उच्च शिक्षाका लागि ५२ संस्थान रहेका छन् । यहाँ चीनको सबैभन्दा धेरै अन्डरग्राजुएट छात्र पढ्ने दाबी पनि गरिन्छ ।

विश्वका ५ सय ठूला कम्पनीमध्ये २ सय ३० कम्पनीहरुले वुहानमा लगानी गरेका छन् । वुहानमा लगानी गर्ने देशहरुमध्ये फ्रान्स शीर्ष स्थानमा रहेको छ ।


कसरी फैलियो भाइरस ?

सन् १८८६ से १९४३ बीच वुहानलाई हाङकोउ नामले चिनिन्थ्यो, तब फ्रान्सलाई यहाँ विशेष छुट प्राप्त थियो । फ्रान्सका सयौँ कम्पनीले यहाँ निवेश गरेका थिए । जसमा केही संयुक्त लगानीका कम्पनी पनि थिए । वुहानमा एउटा ठूलो जलविद्युत परियोजना पनि रहेको छ । यहाँ विश्वभरका पर्यटकहरु आउँछन् ।

भलै कोरोनाभाइरस यस शहरको स्थानीय समुद्री खानाको बजारबाट फैलियो, यहाँ आउने जाने मानिसले पनि अनजानमा यस भाइरसलाई फैलाउन मद्दत गरे ।

कोरोनाभाइरसबाट सङ्क्रमित बनेका दुई जापानी नागरिक वुहान नै भएर आएका थिए भने कोरियाली बिरामी त्यही शहरमा बस्थे । थाइल्याण्डमा भेटिएको सङ्क्रमणको केस पनि वुहानबाट आएका एक चिनियाँको थियो ।

वुहान आउने–जाने मानिस र वुहान भएर यात्रा गर्ने मानिसहरुको सङ्ख्या यति ठूलो छ कि त्यसमाथि चिनियाँ नयाँ वर्षको कारण पनि यसबाट सङ्क्रमित हुनेको सङ्ख्या वृद्धि भएको हो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मानिसलाई वुहानबाट टाढा रहन सल्लाह दिएको छ भने वुहानका जनतालाई शहर नछोड्न आग्रह गरेको छ ।

तर, वुहानसँग पूरा विश्व यसरी जोडिएको छ कि विश्वका अन्य हिस्सामा कोरोनाभाइरसको सङ्क्रमणको मिमिला आइरहनेछ ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप