विभिन्न स्थानबाट ११ जुवाडे समातिए
शुक्रबार, १७ माघ २०७६, १२ : २९
काठमाडौं । ललितपुर महानगरपालिका-३ झम्सीखेलबाट ६ जुवाडे पक्राउ परेका छन् । द वर्गर हाउसमा जुवातास खेलिरहेको अवस्थामा वर्गर हाउसका संचालक ३७ वर्षीय तेज बहादुर तामाङ लगायत ६ जनालाई नगद ३ लाख ७० हजार रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१८ नवलपुर बस्ने मिनराज घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका-५ बस्ने ३४ वर्षीय तिलक पुन लगायत ५ जनालाई प्हरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ३७ हजार ५ सय ४० रुपैयाँ बरामद भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।