सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शनिबारको मौसम पूर्वानुमान

शनिबार, १८ माघ २०७६, ०८ : ४२
शनिबार, १८ माघ २०७६

मौसम पूर्वानुमान महाशाखाले नेपालमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । 

शनिबार जारी पूवानुमानले हाल देशका मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । 

आज दिनभर देशका पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी, राति भने पहाडी र हिमाली भू,भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का बर्षा र हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप